Logo
Logo

ओलीले भनेजस्तै बालेन ‘फिरंगी’ नै हुन् त ?


693
Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि ‘फिरंगी’ शब्दको प्रयोग गरेका थिए ।

काठमाडौंमा रहेका झापाली एमाले कार्यकर्ताहरू भेला पारेरर झापा पाँचकै उम्मेदवार ओलीले नाम नतोकेर ‘फिरङ्गी’ भने पनि त्यो कसलाई भन्न खोजेका हुन् ?, जो कोहीले पनि सजिलै अनुमान लगाउन सक्छ । ओलीले फिरङ्गी भनेका अरू कोही नभएर उनैलाई झापा पाँचमा चुनौती दिइरहेका रास्वपा उम्मदवार वालेन शाह नै हुन् ।

अब प्रश्न उठ्छ, के वालेन शाह फिरङ्गी नै हुन् त ? यो प्रश्नको उत्तर खोज्नअघि ‘फिरङ्गी’ भनेको के हो ? यो शब्दको उत्पति कसरी भयो ? त्यसको बारेमा थाहा हुनुपर्छ ।

‘फिरंगी’ शब्दको उत्पत्ति संस्कृत शब्द ‘फारंग’बाट भएको मानिन्छ, जसले विदेशीलाई जनाउँछ । यो शब्द विशेषगरी मध्ययुगमा भारतमा आएका यूरोपियन, विशेष गरेर पोर्चुगिज र अंग्रेजी मानिसहरूलाई जनाउन प्रयोग गरिएको थियो ।

युरोपियन उपनिवेशीकरणको क्रममा, यो शब्द मुख्यतः उपहासात्मक रूपमा प्रयोग गर्न थालिएको थियो । आजको समयमा, ‘फिरंगी’ शब्द नेपालीमा विदेशीलाई जनाउन प्रयोग गरिन्छ । र, कहिलेकाहीँ यसले विशेष गरेर पश्चिमी संस्कृतिहरूप्रति व्यंग्य पनि गर्न सक्छ ।

फिरंगी शब्दको बहुआयामिक महत्त्व छ, जसले सांस्कृतिक, सामाजिक, र ऐतिहासिक सन्दर्भमा विभिन्न पक्षको उजागर गर्छ । सुरूदेखि नै मधेसी मूलका नेपालीप्रति असहिष्णु रहँदै आएका ओलीले बालेनलाई झापामा डेरा खोजिदिनेसम्म भनेर उनी बाहिरिया हुन् भन्ने भाष्य दिइरहेका छन् । उनले ‘फिरंगी’ शव्द पनि त्यसैको चरम रूपमा प्रयोग गरेको हुन सक्छ ।

तर, ‘फिरङगी’ शव्दको गहिरो अर्थ छ । ओलीले सोचेजस्तो सामान्य बाहिरिया भन्नलाई मात्र यो शव्दको प्रयोग हुँदैन । यो शव्द आँफैमा उपनिवेशीकरणको साक्षी हो । र, यसले कम्तिमा पनि बाहिरी देश वा संस्कृतिको मान्छे जो हैकम मच्चाउन चाहन्छ भन्ने अर्थ राख्छ ।

अब फेरि त्यही प्रश्न दोहोर्याउ, के बालेन ओलीले भनेजस्तै ‘फिरंगी’ नै हुन् त ? नेपाल र नेपालीले उनलाई त्यो रूपमा बुझ्देन र उनी हैनन् पनि । यदि भएका भए स्वतन्त्र उम्मेरदवार िदिएर पनि देशको राजधानी शहरको मेयरमा उनले जित्ने नै थिएनन् ।

खासगरी नेवारी सभ्यता र संस्कृतिको इपिसेन्टर काठमाडौंमा वालेनको स्वीकार्यता एक ‘फिरंगी’भन्दा पनि रैथानेको भएर नै काठमाडौंबासीले वालेनलाई आफ्नो विश्वासको मत दिएका हुन् ।

ओलीको बोली नै खराब छ । उनी बोलीमा लगाम लगाउनै नसक्ने रोगी हुन् । उनी अरूलाई होच्याएर आँफूलाई अग्लो ठान्छन् । अझ झापा–५ को ‘राजा’ ठान्ने उनलाई वालेनले त्यही गएर चुनावी चुनौती खडा गरिदिएपछि त ओलीको बर्बराहट नै सुरू भएको छ । यस बीचमा ओलीले बालेनलाई ‘बतासे अण्डा’ र ‘सिङ नभएको गोरू’सम्म भन्न भ्याएका छन् ।

सामान्यतः पटक पटक बोली चलाउने भन्दा बेला–बेला सामाजिक सञ्जालमा बम पड्काउने वालेनले आँफूलाई ‘फिरंगी’, ‘बतासे अण्डा’ र ‘सिङ नभएको गोरू’ भन्ने ओलीलाई कुन तहको बम पड्काएर जवाफ दिने हुन्, त्यो त हेर्न बाँकि नै छ ।

झापा ५ मा यसपटक जीत निकाल्न ओलीका लागि दिनानुदिन कठिन हुँदैछ । यही पाराले एकपछि अर्को विवादास्पद बोली बोलेर ओलीले आफ्नो खुट्टामा आँफै बञ्चरो हानिरहेका छन् । ओलीका एक हाडखोर मतदाता चिन्ता व्यक्त गर्दै भन्छन्, ओलीले बोलीमा लगाम नलगाउने हो भने उनको हार निश्चित छ । हामी त राम भन्ने हो, आफैं हराम भएपछि के लाग्छ र ?

प्रतिक्रिया दिनुहोस्