Logo
Logo

फागुन ३ भित्र घोषणापत्र पेस गर्न दलहरुलाई निर्वाचन आयोगको निर्देशन


252
Shares

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारहरूलाई तोकिएको समय सीमाभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी पेस गर्न निर्देशन दिएको छ ।

आज आयोगमा बसेको बैठकले आगामी २०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचन का लागि निर्वाचनमा भाग लिएका सबैलाई फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्नुपर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगका अनुसार निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम राजनीतिक दलहरूले आफ्नो निर्वाचन घोषणापत्र आयोगमा र उम्मेदवारहरूले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्