Logo
Logo

‘क्रान्तिकारी शक्ति’ दाबी गर्ने नेकपाको यस्तो छ चुनावी घोषणापत्र (पूर्णपाठ)


441
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा मुख्यतः चार प्रकारका दल वर्गीकरण गर्दै चुनावी घोषणा पत्रमा आफूलाई चाहिँ ‘क्रान्तिकारी शक्ति’को रुपमा अथ्र्याएको छ ।

मंगलबार नेकपाले चुनावी पत्र जारी गर्दै नेपाली कांग्रेस–नेकपा एमाले ‘यथास्थितिवादी’, नयाँ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ‘पपुलिष्ट शक्ति’, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रतिगामी पुनरुत्थानवादी शक्ति’ र नेकपाचाहिँ ‘क्रान्तिकारी शक्ति’को रुपमा अथ्र्र्याएको छ ।

घोषणापत्रमा एमाले–कांग्रेसले मुलुकलाई अहिलेको अवस्थामा कसरी अघि बढाउन सकिन्छ भन्ने नवीन अवधारणा पेश नगरेको र यी दुवै पार्टी यथास्थितिमै रमाउने पार्टी भनिएको छ । आफूलाई नयाँ भन्ने रास्वपा सिद्धान्तहीन र दृष्टिकोणविहीन भएको भन्दै भदौ २४ को विध्वंश मच्चाउने तत्वसँग जोडिएको पनि नेकपाले घोषणापत्रमा उल्लेख गरेको छ ।

राप्रपाचाहिँ सामन्ती राजा फर्काउन चाहने भन्दै देशलाई अघि नभएर पछि धकेल्ने भनेर घोषणापत्रमा भनिएको छ । साथै, नेकपाले पाँच बुँदामा समेटेर आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।

हेर्नुहोस् नेकपाको ५ बुँदे घोषणापत्रः

प्रतिक्रिया दिनुहोस्