
काठमाडौं । राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक जीप दुर्घटना हुँदा चालकको मृत्युु भएको छ ।
रुकुम पूर्वबाट तुलसीपुरतर्फ आइरहेको ग १ज ५६६१ नम्बरको जिप आज बिहान झन्डै साढे दुई सय मिटर तल खसेर दुर्घटना हुँदा सिस्ने गाउँपालिका–४ का ३४ वर्षीय जिपचालक विजय विकको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा परी सिस्ने– ४ की ३८ वर्षीया ललिता केसी, सिस्ने– २ की २२ वर्षीया सुष्मी रोका र उनकी २ वर्षीया छोरी सफलता केसी घाइते भएका छन् । उनीहरुलाई उद्धार गरी राप्ती प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।











