Logo
Logo

कान्छी श्रीमती जिस्काएको निहुमा प्रहरी हबलदारको हत्या


1.5k
Shares

काठमाडौं । दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हबल्दार योगेन्द्र घर्तीको हत्यामा संलग्न थप एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा राजेन्द्र डडाल रहेका छन् । यससँगै घटनामा संलग्न आरोपमा पक्राउ पर्ने संख्या चार पुगेको दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक(इन्स्पेक्टर) हेमराज भट्टले जानकारी दिए ।

हबल्दार घर्तीको हत्या आरोपमा प्रहरीले यसअघि २० वर्षीया दिपीका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरेको थियो ।

थप पक्राउ परेका डडाललाई हत्यापछि शव व्यवस्थापनको भूमिकामा सहयोग गरेको आरोप छ । प्रहरीका अनुसार हत्यामा संलग्नताको आरोप लागेका अस्मिता बियर बारका सञ्चालक आशिक पाल, उनकी जेठी श्रीमती लक्ष्मी बडु र भाइ मनिष पाल फरार छन् ।

पक्राउ परेकी दिपीका पाल आशिककी कान्छी श्रीमती रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा बियर बारमा दिपीकालाई जिस्काएको निहुँमा आशिकले प्रहरी हबल्दार घर्तीमाथि कुटपिट गर्दा हत्या भएको खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्