काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ‘नेसनल गभर्नर्स एसोसिएसन’ एनजीए बीच फेब्रुअरी २०, २०२६ का लागि तय गरिएको औपचारिक बैठक रद्द भएको छ ।

ह्वाइट हाउसले परम्पराविपरीत रिपब्लिकन गभर्नरहरूलाई मात्र आमन्त्रण गर्ने र डेमोक्र्याटिक गभर्नरहरूलाई नबोलाउने निर्णय गरेपछि एनजीएले उक्त बैठक आफ्नो आधिकारिक कार्यक्रमबाट हटाएको हो ।
यसैबीच, मेरिल्यान्डका गभर्नर वेस मोर र कोलोराडोका गभर्नर जेरेड पोलिसलाई ह्वाइट हाउसको रात्रिभोजमा सहभागी हुन नदिइएको जनाइएको छ । विरोधस्वरूप १८ जना डेमोक्र्याटिक गभर्नरहरूले रात्रिभोज बहिष्कार गर्ने घोषणा गरेका छन् ।
एनजीएका अध्यक्ष केभिन स्टिटले संस्थाले सबै ५५ गभर्नरहरूको प्रतिनिधित्व गर्ने भएकाले कुनै एक दललाई मात्र समेट्ने कार्यक्रमलाई समर्थन गर्न नसक्ने स्पष्ट पारे ।
ह्वाइट हाउसले भने राष्ट्रपतिलाई आफ्नो इच्छाअनुसार अतिथि आमन्त्रण गर्ने अधिकार रहेको भन्दै निर्णयको बचाउ गरेको छ ।











