Logo
Logo

प्रहरी हवल्दारको हत्यामा संलग्न आशिष पाल पक्राउ


819
Shares

दार्चुला । सामुदायिक प्रहरी सेवा केन्द्र, बंगाबगडमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्यामा संलग्न अर्को आरोपित आशिष पाल पक्राउ परेका छन्। उनी घटनाका मुख्य योजनाकार मध्येका एक मानिएका छन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी गौरव महतका अनुसार, आशिष पाललाई दुई गाउँपालिका, दुहुँको जंगलबाट पक्राउ गरिएको हो। यसअघि मंगलबार राति, अर्को आरोपित राजेन्द्र डडाललाई नौगाडको होपरिगाडबाट पक्राउ गरिएको थियो।

घटनामा संलग्न अन्य दुई व्यक्तिको खोजी जारी रहेको प्रहरीले जनाएको छ। घटनालगत्तै प्रहरीले २० वर्षीया दीपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरेको थियो।

त्यसैगरी, अस्मिता बियर बारका सञ्चालक जानकी पाल र मनिस पाल अझै फरार रहेका छन्। डिएसपी महतका अनुसार, उनीहरूको खोजी तीव्र रूपमा भइरहेको छ।

मृतकको शव जिल्ला अस्पताल दार्चुलामा पोस्टमार्टम गरिएको र त्यसपछि अन्तिम दाहसंस्कार गरिएको छ। पोस्टमार्टम रिपोर्टअनुसार, हवल्दार घर्तीको टाउकोमा आठ स्थानमा धारिलो हतियारले प्रहार गरिएको थियो। जिल्ला अस्पतालका डाक्टर रविन्द्र भट्टराईका अनुसार, प्रहार पछाडिबाट गरिएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्