Logo
Logo

बागमतीका निलम्बित मेयर सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


315
Shares

काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापासहित १३ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरिएको छ।

The current image has no alternative text. The file name is: akhtiyar.gif

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सागरनाथ वन विकास परियोजनाको जग्गामा कानून विपरीत ‘बहुउद्देश्यीय माछा पोखरी’ निर्माण गर्ने क्रममा वन पैदावार दुरुपयोग गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो।

मुद्धा मेयर थापासहित उपमेयर लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, लेखा अधिकृत विश्वराज पोखरेल र इन्जिनियर सागर पौडेलसहित सागरनाथ वन विकास परियोजनाका तत्कालीन परियोजना प्रमुख विशाल घिमिरे, निमित्त परियोजना प्रमुख देवेशमणि त्रिपाठी, रामकिशोर यादव, प्रेमीलाल प्रसाद कलवार, सहायक वन अधिकृत चन्द्रकुमारी श्रेष्ठ, शिवेन्द्रप्रसाद चौधरी, कार्यालय प्रमुख जीतेन्द्र कर्माचार्य र सहायक वन अधिकृत भोल यादवविरुद्ध दायर गरिएको छ।

अख्तियारले उनीहरूसँग कुल ५८ करोड ६२ लाख १४ हजार ६ सय ५८ रुपैयाँ बिगो मागदाबी गरेको छ । बागमतीका मेयर थापाविरुद्ध यो पाँचौँ भ्रष्टाचार मुद्दा हो ।

प्रतिक्रिया दिनुहोस्