Logo
Logo

त्रिभुवन विमानस्थलमा किन लगाइयो निषेधाज्ञा ?


882
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । राप्रपा तथा राजावादी समूहले फागुन १ गते विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई भव्य स्वागत गर्न भन्दै आह्वान गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले आज बिहीबारदेखि लागू हुने गरी एक महिनासम्मका लागि विमानस्थल क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको जानकारी दिए ।

उनका अनुसार निषेधाज्ञा जारी भएसँगै गोल्डेन गेटदेखि विमानस्थल परिसर क्षेत्रभित्रको सम्पूर्ण सडक, आन्तरिक टर्मिनल क्षेत्र, अन्तराष्ट्रिय टर्मिनल क्षेत्र, पार्किङ क्षेत्रलगायत विमानस्थल हाताभित्र अब पाँच जनाभन्दा बढी व्यक्तिहरू भेला भएर अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न पाइने छैन ।

प्रतिक्रिया दिनुहोस्