Logo
Logo

प्रधानमन्त्री सोलुखुम्बुमा, निर्वाचन सुरक्षा र वस्तुस्थिति नियाल्दै


189
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि हिमाली जिल्लाको वस्तुस्थिति बुझ्न सोलुखम्बु पुगेकी छन् ।

प्रधानमन्त्री कार्कीसँगै उनका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ र प्रेस सल्लाहकार रामबहादुर रावलसहितको टोली आज बिहान हेलिकप्टरबाट सोलुखुम्बु पुगेको हो ।

सुरुमा नाम्चे पुगेको टोली अहिले सदरमुकाम सल्लेरी पुगेको छ । प्रधानमन्त्री कार्कीलाई प्रमुख जिल्ला अधिकारी र सुरक्षा अंगका जिल्ला प्रमुखहरुले स्वागत गर्दै जिल्लाको अवस्थाबारे जानकारी गराएका छन् ।

अहिलेसम्म हिउँ नपरेकाले फागुन २१ गतेको निर्वाचन गराउन समस्या नहुने ब्रिफिङ जिल्लाका अधिकारीहरुले गरेको प्रेस सल्लाहकार रावलले जानकारी दिएका छन् ।

सोलुखुम्बु जिल्लामा १२३ मतदान स्थल छन् । यदि हिउँ परिहालेमा सातवटा मतदान स्थल प्रभावित हुनेछन् । ती सातमध्ये चार वटा मतदान स्थल नाम्चेभन्दा माथि पर्दछन् । अहिलेसम्म ती मतदान स्थल सामान्य अवस्थामा रहेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी लीला कुमारी केसी पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्