सुनसरी । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान, व्यवस्था र देशको रक्षा गर्न कांग्रेसलाई मत दिनुपर्ने बताएका छन् ।

चुनावी अभियानका क्रममा सुनसरी–४ पुगेका थापाले कांग्रेस बाहेकका दललाई मत दिएर संविधानले प्रदान गरेका अधिकारहरू सुरक्षित राख्न नसकिने दाबी गरे । ‘यो निर्वाचनबाट प्राप्त हुने शक्तिको आधारमा संविधान जोगाउनुछ, व्यवस्था जोगाउनुछ र देश जोगाउनुछ,’ उनले भने, ‘संविधानले दिएको अधिकार जोगाउने सामर्थ्य आजको अवस्थामा कांग्रेससँग मात्रै छ ।’
सभापति थापाले बदलिएको कांग्रेसले अघि सारेका संकल्पप्रति जनताले विश्वास गर्ने विश्वास व्यक्त गरे ।
‘नेपाली कांग्रेस देशको सबैभन्दा पुरानो पार्टी हो, त्यसमा हामी गर्व गर्छौं,’ उनले भने, ‘देशको सबैभन्दा नयाँ सोच बोकेको पार्टी पनि कांग्रेस नै हो ।’











