Logo
Logo

लुकुमलाई ‘नमूना’ गाउँ बनाउने प्रचण्डको प्रतिबद्धता


189
Shares

रुकुम पुर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुकुमलाई नमूना गाउँ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

भूमे गाउँपालिका–१ लुकुममा आज मतदातासित भेटघाट गर्दै संयोजक दाहालले संस्कृतिले भरिपूर्ण भएको उक्त गाउँलाई आफू विजयी भएपछि नमूना बनाउन पहल गर्ने बताए। लुकुम गाउँको प्रख्यात झाँक्री नाचका बारेमा आफूले श्रव्यदृश्य हेरेको उल्लेख गर्दै उनले सामाजिक तथा संस्कृतिक रुपले धनी लुकुमको विकासमा विशेष योजना ल्याइने विश्वास दिलाए।


दाहालसमक्ष स्थानीयको मागपत्र
त्यसक्रममा भूमे–१ का वडाध्यक्ष मनकाजी पुनले वडावासीका माग संयोजक दाहालसमक्ष पेस गरेका थिए। सिद्धचौर माध्यमिक विद्यालयका प्रधानाध्यापक रामबहादुर पुनले विद्यालय विकास निर्माणबारे उनको ध्यानाकर्षण गराए।

मागपत्र बुझ्दै संयोजक दाहालले स्थानीयको आवश्यकता र भावनालाई आफूले जतिसक्दो छिटो सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्