Logo
Logo

विमानस्थल आसपासमा सुरक्षा व्यवस्था कडा


189
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने कार्यक्रम राखिएको प्रति प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ । अहिले विमानस्थल प्रवेश गर्ने हरेक गाडी र व्यक्तिको सोधपुछ तथा जाँच गर्न सुरु गरिएको छ । 

यसअघि राप्रपा र राजसंस्था पक्षधरले स्वागतको कार्यक्रम घोषणा गरेपछि विमानस्थल आसपासमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा जारी गरेको थियो । 

प्रशासनले निषेधित वा संवेदनशील क्षेत्रमा कानुनविपरीत गतिविधिमा संलग्न हुने जोसुकैलाई प्रचलित कानुन अनुसार कारबाही गरिने चेतावनी दिएको छ । 

पूर्वराजा शाह दिउँसो १२ बजेर ४० मिनेटमा बुद्ध एयरको विमानमार्फत काठमाडौं आइपुग्ने कार्यक्रम छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन कुमार श्रेष्ठले विमानस्थल बाहिर आज दिउँसो राजाको स्वागतमा जुट्न आव्हान गर्दै नागरिकले आफ्नो राजाको शान्तिपूर्ण स्वागत गर्ने बताएका छन् । उनले भनेका छन्, ‘विमानस्थल भित्रको सुरक्षा संवेदनशीलतालाई ध्यान दिई सरकारले निषेधित क्षेत्र घोषणा गरेको हो, यो राज्यको कर्तव्य पनि हो ।’ 

प्रतिक्रिया दिनुहोस्