Logo
Logo

दोस्रो राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि


504
Shares

काठमाडौँ । नेपाल हक्की सङ्घको आयोजनामा दोस्रो राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।

The current image has no alternative text. The file name is: hockey.jpg

प्रतियोगितामा पुरुषतर्फ गण्डकी, कोशी, मधेस, सुदूरपश्चिम, बागमती प्रदेश र नेपाल पुलिस क्लब गरी छ टिम सहभागी हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिए ।

सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । महिलामा गण्डकी, कोशी, मधेस, सुदूरपश्चिम र बागमती प्रदेशसहित पाँच टिमको सहभागिता रहने छ । राउन्ड रोविन लिगपछि शीर्ष दुई स्थानमा रहने टोली उपाधिका लागि भिड्ने छन् ।

दुवै समूहमा शीर्ष तीन स्थानमा रहने टिमले क्रमशः रु ७५ हजार, रु ५० हजार र रु २५ हजार नगद पुरस्कार पाउने आयोजक सङ्घका अध्यक्ष अनिलप्रसाद शर्माले जानकारी दिनुभयो । उत्कृष्ट खेलाडीलाई रु पाँच हजार तथा प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’ लाई रु दुई हजार नगदबाट पुरस्कृत गरिने छ ।

यही फागुन ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछन् । हक्की सङ्घको आयोजनामा दशरथ रङ्गशालामा पहिलोपटक हक्कीको प्रतियोगिता हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्