Logo
Logo

सार्वजनिक यातायात सुधारका लागि यस्ता छन् योजना गगनका योजना


189
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सार्वजनिक यातायात क्षेत्रमा व्यापक सुधारको आवश्यकता औँल्याउँदै प्रारम्भिक योजनाहरू सार्वजनिक गरेका छन् ।

The current image has no alternative text. The file name is: gagan-2.jpg

सामाजिक सञ्जालमार्फत जारी गरेको भिडियो सन्देशमा उनले यातायात सुधारका लागि एकीकृत प्राधिकरण गठनको अवधारणा अघि सारेका छन् । सरकार, सार्वजनिक निकाय र निजी क्षेत्रको सहकार्यमा यातायात सेवा सञ्चालन गर्नुपर्ने उनको जोड छ ।

थापाले भने, ‘जनता सार्वजनिक यातायातबाट जति पीडित छन्, त्यसअनुसारको प्राथमिकता र संवेदनशीलता राज्यबाट देखिएको छैन । घण्टौँ ट्राफिक जाम, सडकमा उड्ने धुलो, असुरक्षित यात्रा, साना तथा अव्यवस्थित सवारी साधनमा निर्भर प्रणाली, एकीकृत नभएको रुट परमिट तथा भाडा व्यवस्था-यी सबैले कामकाजी नागरिकलाई समयमै कार्यालय पुग्नबाट वञ्चित गराइरहेको छ ।’

उनले सार्वजनिक यातायातलाई सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउन अपरिहार्य रहेको बताउँदै कांग्रेसले यसका लागि ठोस तयारी गरिरहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्