काठमाडौं । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा पार्टीको ‘सूर्य’ अंकित झण्डा जलाइएको घटनाको विरोध स्वरूप काठमाडौंमा मसाल जुलुस आयोजना गरेको छ ।

संगठनले आरआर क्याम्पसबाट मसाल जुलुस निकाल्दै यस घटनालाई लोकतान्त्रिक मूल्य, राजनीतिक सहिष्णुता र सामाजिक सद्भावमा प्रत्यक्ष आघात भएको भन्दै विरोध प्रकट गरेको हो ।
एमालेले आफ्नो पार्टीको झण्डा जलाएको आरोप रास्वपाका नेता तथा कार्यकर्तामा लगाएको थियो। तर रास्वपाले यसको खण्डन गर्दै घटनामा पार्टीका कुनै नेता वा कार्यकर्ता संलग्न नरहेको स्पष्ट पारेको छ ।
अनेरास्ववियुले सरकारसँग तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ । जुलुसको क्रममा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको पुत्ला समेत जलाइएको थियो ।











