Logo
Logo

सर्लाहीको बलरा नगरका पूर्वमेयर अभयकुमार सिंह कांग्रेस प्रवेश


819
Shares

सर्लाही । सर्लाही क्षेत्र नम्बर ४ अन्तर्गतको बलरा नगरपालिकाकाका पूर्व मेयर अभयकुमार सिंह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

पछिल्लो समय लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा सक्रिय रहेका सिंहलाई कांग्रेसका सभापति गगन थापाले गएराति पार्टी प्रवेश गराएका हुन् ।

सिंहको निवासमै आयोजित कार्यक्रममा थापासहित कांग्रेसका केन्द्रीय नेताहरू र निवर्तमान जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहलगायत जिल्ला तहका नेताहरू उपस्थित थिए ।

सिंहले २०७४ सालको स्थानीय तहमा राजपाबाट उम्मेदवार बन्दै ४ हजार ३२७ मत प्राप्त गरेर विजयी भएका थिए भने २०७९ को निर्वाचनमा लोसपाबाट उम्मेदवार बन्दै १०१२ मतान्तरले पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्