Logo
Logo

‘निर्वाचन प्रहरी’ले नै एमालेको झन्डा र उमेदवारको फोटो जलाएपछि…


1.6k
Shares

राजविराज । सप्तरीको महादेवा गाउँपालिका–५, भगवतपुरमा नेकपा ९एमाले०को झन्डा र प्रतिनिधिसभा सदस्य पदका उमेदवार मोहम्मद जियाउल रहमानको तस्बिर जलाएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

केही व्यक्तिहरूले एमालेविरुद्ध नाराबाजी गर्दै पार्टीको चुनाव चिह्न सूर्यअंकित झन्डा जलाइरहेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियोमा देखिएको छ । त्यसमा ‘जय मधेस, जय घण्टी’ भन्ने नारा समेत लगाइएको सुनिन्छ ।

उक्त घटनामा संलग्न रहेको आरोपमा महादेवा–५ कै २५ वर्षीय हरिनारायण मण्डललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरी स्रोतले जनाएको छ । पक्राउ परेका मण्डल निर्वाचन सुरक्षामा खटिएका प्रहरी रहेको समेत जनाइएको छ ।

घटनामा संलग्न अरू व्यक्तिहरूको खोजीकार्य तीव्र पारिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

राजनीतिक दलको झन्डा तथा उमेदवारको तस्बिर जलाउने कार्यले चुनावी आचारसंहिताविपरीत वातावरण सिर्जना गर्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्