Logo
Logo

निर्वाचन सुरक्षाः एआईजी चतुर्वेदीलाई तराईको कमान्ड


0
Shares

काठमाडौं । सरकारले निर्वाचनका बेला तराई क्षेत्रमा हुनसक्ने सुरक्षा संवेदनशीलताबारे अध्ययन गर्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमा प्रसाद चतुर्वेदीलाई खटाएको छ ।

शनिबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकका निर्णयबारे जानकारी दिँदै गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले एआईजी चतुर्वेदीलाई तराईको अवस्थाबारे बुझ्न पठाइएको बताए ।

‘निर्वाचनका क्रममा तराई क्षेत्रमा हुनसक्ने सम्भावित गतिविधि र सुरक्षा संवेदनशीलताको विश्लेषण गरी प्रतिवेदन तयार पार्ने, सोही अनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाउने तथा प्रतिवेदन पेश गर्ने उद्देश्यले प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्वेदीलाई खटाउने निर्णय भएको छ,’ उनले भने ।

काफ्लेका अनुसार एआईजी चतुर्वेदी कार्यक्षेत्रमा पुगिसकेका छन् । त्यस्तै, संवेदनशील क्षेत्रमा सुरक्षा निकायका उच्च अधिकारीलाई समर्पित रूपमा खटाउने तथा विश्लेषणसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिने निर्णय पनि भएको उनले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्