
काठमाडौं । रौतहट जिल्ला अदालतका आज हुने सम्पूर्ण कामकारबाही स्थगित भएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटले अर्को आदेश नभएसम्म गौर नगरपालिका क्षेत्रमा अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरेपछि अदालत प्रशासनले सूचना जारी गरेर आजका सम्पूर्ण काम कारबाही स्थगित गरिएको जानकारी दिएको हो ।
कुनै व्यक्ति आवतजावत गर्न, भेला सभा जुलुस तथा प्रदशर्न गर्न नपाउने गरी जारी भएको अनिश्चितकालीन कफ्र्यू आदेश जारी भएकाले अदालतको कामकारबाही पनि प्रभावित भएको सूचनामा उल्लेख छ ।
अदालतबाट प्रदान गरिने आजको सम्पूर्ण सेवा स्थगित रहने र तारिख तथा म्यादसमेत नगुज्रिने सूचनामा उल्लेख छ ।
विवाहमा बाजा बजाएको निुहमा दुई समुदायबीच फागुन ७ गतेदेखि भड्किएको हिंसाका कारण रौतहटको सदरमुकाम गौरमा अनिश्चितकालीन कफ्र्यु जारी छ ।












