Logo
Logo

गौरमा धार्मिक सद्भाव कायम राख्ने विषयमा ५ बुँदे सहमति


567
Shares

काठमाडौ । रौतहटको गौर क्षेत्रमा दुई सम्प्रदायबिच देखिएको द्वन्द्व समाधानका लागि सद्भाव र्याली निकाल्नेसहित ५ बुँदे सहमति भएको छ ।

स्थानीय प्रशासनको अगुवाइमा आज बसेको सर्वपक्षीय बैठकले रौतहट जिल्लाबाट धार्मिक–सामाजिक–सांस्कृतिक सद्भाव र शान्तिको सन्देश दिने विषयमा पाँच बुँदे सहमति गरेको हो । जसमा सोमबार बिहान ७ः ३० बजे नागरिक समाजको अगुवाइमा सरोकारवाला सबैको सहभागितामा सबगढामा सद्भाव र्याली निकालिने छ ।

त्यस्तै अन्तर्राष्ट्रिय रूपमा घटेका घटनाहरूलाई रौतहटको घटना भएको अनर्गल रूपमा प्रचारप्रसार गरी शान्तिपूर्ण अवस्थामा खलल पुग्ने अवस्था देखिएमा आवश्यक कारबाही गर्ने कार्यमा सुरक्षा निकायलाई सहयोग गर्ने निर्णय समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस्