काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–९ स्थित एक घरमा चितुवा पसेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार, चितुवाको आक्रमणमा परी दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा दुलाल महर्जन र मायानाथ वाग्ले रहेका छन् । चितुवा स्थानीय अनोजमणी अधिकारीको घरमा पसेको हो ।
महर्जनलाई शुभम अस्पताल र वाग्लेलाई आर्मी अस्पताल पुर्याइएको छ । महर्जनको टाउको र बायाँ हातमा सामान्य चोट लागेको छ भने वाग्लेको बायाँ हातमा चोट लागेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, चितुवालाई हाल घरभित्रै थुनेर राखिएको छ । “वनको टोलीलाई खबर गरेका छौं, चितुवालाई नियन्त्रणमा लिने तयारी भइरहेको छ,” एसपी भट्टराईले बताए ।











