Logo
Logo

कटारीबाट गाईघाट जाँदै गरेकाे बस दुर्घटना


630
Shares

काठमाडौं । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अधेरी जोगीमा टोलमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

सोमबार कटारीबाट गाईघाटतर्फ जाँदै गरेको बा २ ख ६२५७ नम्बरको ब्रेक फेल भएर दुर्घटनामा परेको हो । दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नं. ५ गण उदयपुरको क्यूआरटी टोली घटनास्थल पुगेको छ ।

सशस्त्र प्रहरीको टोलीले घाइतेलाई उद्धार गरेर अस्पताल पु¥याएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्