Logo
Logo

चुनावमा ३ दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय


567
Shares

काठमाडौं । सरकारले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २०, २१ र २२ गतेलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर तीन दिन सार्वजनिक विदा दिने निर्णय गरिएको जानकारी दिए ।

यसअघि निर्वाचन आयोगले पनि प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्