Logo
Logo

चीनसँग सुपरसोनिक क्षेप्यास्त्र खरिदको अन्तिम तयारीमा इरान


441
Shares

एजेन्सी। इरानचीनमा निर्मित सुपरसोनिक एन्टी-सिप क्रुज क्षेप्यास्त्र खरिद गर्ने सम्झौताको अन्तिम चरणमा पुगेको छ । समाचारसंस्था रोयटर्सका अनुसार इरान चीनमा निर्मित ‘सीएम-३०२’ क्षेप्यास्त्र खरिदबारे सहमतिनजिक पुगेको हो ।

The current image has no alternative text. The file name is: missle.jpg

झन्डै २९० किलोमिटर परसम्म निसाना लगाउन सक्ने क्षमता भएको उक्त सुपरसोनिक क्षेप्यास्त्रले समुद्री जहाजका प्रतिरक्षा प्रणालीलाई छल्न सक्ने बताइएको छ। हतियार विज्ञहरूका अनुसार यी क्षेप्यास्त्र तैनाथ भए इरानको समुद्री आक्रमण क्षमता उल्लेखनीय रूपमा बढ्नेछ, जसले क्षेत्रीय रूपमा तैनाथ संयुक्त राज्य अमेरिकाको नौसैनिक शक्तिका लागि चुनौती खडा गर्न सक्छ ।

सम्झौतासम्बन्धी वार्ता करिब दुई वर्षअघि सुरु भए पनि गएको जुनमा भएको इजरायल–इरान द्वन्द्वपछि तीव्र बनेको खबरमा उल्लेख छ । वार्ता अन्तिम चरणमा पुगिरहेका बेला इरानका उपरक्षामन्त्री मसूद ओराइ लगायत उच्च सैन्य तथा सरकारी अधिकारीहरू चीन भ्रमणमा रहेको स्रोतहरूको दाबी छ ।

यस विषयमा चीनका परराष्ट्र तथा रक्षा मन्त्रालयले औपचारिक प्रतिक्रिया दिएका छैनन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानलाई आणविक कार्यक्रमबारे सहमति नगरे कडा कदम चाल्ने चेतावनी दिँदै आएका छन् । अमेरिका इरान नजिकै ठूलो नौसैनिक शक्ति तैनाथ गरिरहेको बताइएको छ ।

विश्लेषकहरूका अनुसार सम्भावित सम्झौताले चीन-इरान सैन्य सम्बन्ध थप सुदृढ भएको सङ्केत गर्छ । पछिल्ला वर्षहरूमा चीन, इरान र रुसबीच संयुक्त नौसैनिक अभ्यास हुँदै आएका छन् । यो सम्झौताले मध्यपूर्व क्षेत्रमा बढ्दो तनावबीच शक्ति सन्तुलनमा नयाँ आयाम थप्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्