
काठमाडौं । नेपाली काँग्रेसले आज पत्रकार सम्मेलन गर्दैछ । कांग्रेसले पार्टी केन्द्रिय कार्यालय सानेपामा अपरान्ह ४ बजे पत्रकार सम्मेलन गर्न लागेको हो ।
पत्रकार सम्मेलनमा निर्वाचनको तयारीबारे जानकारी गराइने काँग्रेसले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन फागुन २१ गते हुँदैछ ।











