Logo
Logo

भेनेजुएलाबाट ८० मिलियन भन्दा बढी ब्यारेल तेल प्राप्त गर्यौँ : ट्रम्प


378
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट ८० मिलियन भन्दा बढी ब्यारेल तेल प्राप्त गरेको गरेको बताएका छन् । 

The current image has no alternative text. The file name is: TRump-1.gif

आफ्नो दोस्रो कार्यकालको पहिलो कंग्रेसको सम्बोधनका क्रममा ट्रम्पले भेनेजुएलाबाट ८० मिलियन भन्दा बढी ब्यारेल तेल प्राप्त गरेको जानकारी गराएका हुन् । यो भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई जनवरीमा अमेरिकी सेनाले जबरजस्ती नियन्त्रणमा लिएपछि भएको हो । ट्रम्पले सम्बोधनमा अमेरिकी तेल उत्पादन दैनिक ६ लाख ब्यारेलभन्दा बढीले बढेको बताए ।

भेनेजुएलालाई नयाँ मित्र तथा साझेदारका रूपमा चित्रण गर्दै उनले भेनेजुएलाबाट अमेरिकाले ८० मिलियन भन्दा बढी ब्यारेल तेल प्राप्त गरेका । जनवरी ३, २०२६ मा अमेरिकी विशेष सेनाले मदुरोलाई पक्राउ गरेको थियो । मदुरोलाई ड्रग ट्राफिकिङ तथा अन्य अपराधका आरोपमा न्यूयोर्कको अदालतमा लगिएको छ । यसपछि अमेरिकाले भेनेजुएलाको तेल निर्यात नियन्त्रणमा लिएको र प्रतिबन्धहरू केही खुकुलो बनाएको छ । जसले तेल उत्पादन बढाउने लक्ष्य राखेको छ ।

केही रिपोर्टहरूका अनुसार ट्रम्पको दाबीमा भिन्नता छ । जहाज ट्रयाकिङ डाटाले जनवरीपछि भेनेजुएलाबाट कुल निर्यात करिब ३० मिलियन ब्यारेल मात्र देखाएको छ । तर ट्रम्प प्रशासनले अमेरिकी कम्पनीहरूले भेनेजुएलाको तेल उद्योगलाई पुनरुत्थान गर्न सहयोग गरिरहेको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्