Logo
Logo

रास्वपा नवलपरासी सभापति कांग्रेसमा प्रवेश


378
Shares

काठमाडौं । नवलपरासीका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनलाई कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले खादामालाले स्वागत गरेका हुन् ।

नवलपरासी बर्दघाटको चौपतामा भएको चुनावी सभामा ठकुरी कांग्रेस प्रवेश गरेका हुन् । कागजी बाघ रास्वपा छोडेर असली बाघ कांग्रेस रोजेको उनले बताए । पछिल्लो समय रास्वपा छाड्नेहरूको क्रम बढेको छ । उनीहरूले नेतृत्वप्रति प्रश्न उठाउँदै पार्टी छाडिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्