
काठमाडौ । चुनाव विरोधी गतिविधि गरेको आरोपमा विभिन्न राजनीतिक दलका ८ नेता पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले चुनाव बहिष्कार गरेका क्रान्तिकारी कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज नारायण न्यौपाने, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका जिल्ला सचिव धीर दर्जी र क्रान्तिकारी कम्युनिस्ट पार्टीका ब्यूरो सदस्य कर्णबहादुर बीसीलाई नियन्त्रणमा लिएको हो ।
त्यस्तै वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका जिल्ला सचिव श्याम कुँवर, नेकपा बहुमतका जिल्ला सचिव राजु भनिने राजकुमार पौडेल, नेकपा क्रान्तिकारी सुर्खेत जिल्ला समिति सचिव रन्तबहादुर वली, नेकपा बहुमतका वडा समिति सदस्य पूर्ण तिरुवा र रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ का मानबहादुर मल्ल छन् ।
उनीहरुलाई निर्वाचन विरोधि गतिविधि गर्न सक्ने भन्दै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाले जानकारी दिए ।











