Logo
Logo

रुकुम पश्चिममा प्रलोपाका उम्मेदवारले जनार्दनलाई गरे समर्थन


819
Shares

काठमाडौं । रुकुम पश्चिममा उज्यालो नेपाल पार्टीका उम्मेदवार नरेन्द्र केसीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार जनार्दन शर्मालाई समर्थन गरेका छन् ।

शुक्रबार बिहान पत्रकार सम्मेलन गर्दै केसीले रुकुमको विकासको लागि सहकार्य गरेर अघि बढ्ने सहमति अनुसार उम्मेदवारी निष्क्रिय पारेर शर्मालाई समर्थन गरेको घोषणा गरेका हुन् ।

यसअघि त्यहाँ नेकपा एमालेले पनि शर्मालाई समर्थन गरिसकेको छ । अब त्यहाँ प्रलोपाका शर्मा, कांग्रेसका राजु केसी, नेकपाका गोपाल शर्मा र रास्वपाका मानबहादुर शाहीबिच चुनावी प्रतिस्पर्धा हुने छ ।

प्रतिक्रिया दिनुहोस्