Logo
Logo

जसपा खोटाङ अध्यक्षले पार्टी छाडे, श्रम संस्कृति पार्टीमा प्रवेश


819
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) खोटाङका जिल्ला अध्यक्ष नै हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । अध्यक्ष निर्मल राईको नेतृत्वमा ३७ जनाको समूह श्रम संस्कृति पार्टीमा प्रवेश गरेको हो ।

श्रम संस्कृति पार्टीमा प्रवेश गर्नेहरुमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडाध्यक्ष मुगाधन राई, जिल्ला सदस्य राजन राई, खोटाङ–काठमाडौं सम्पर्क समितिका पूर्वअध्यक्ष प्रिथीराज राई लगायत छन् ।

श्रम संस्कृति पार्टीमा प्रवेश गरेका जसपा जिल्ला अध्यक्ष राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका पूर्व वडाध्यक्ष हुन् ।

फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचन अन्तरगत चुनावी अभियान चलिरहेका बेला जिल्ला अध्यक्ष नै अर्को पार्टीमा प्रवेश गरेपछि जसपाका प्रत्यक्ष उम्मेदवार राकेश राई अप्ठेरोमा परेका छन् ।

श्रम संस्कृति पार्टीले खोटाङमा आरेन राईलाई प्रत्यक्ष उम्मेदवार उठाएको छ । चुनावी कमाण्ड सम्हालिरहेका अध्यक्षले नै पार्टी छाडेपछि जसपाले उपाध्यक्ष गुरुराज राईलाई अध्यक्षको जिम्मेवारी सुम्पिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्