Logo
Logo

एकैदिन तीन जिल्लामा चुनावी सभा गर्दै कांग्रेस


756
Shares

काठमाडौं । नेपाली कांग्रेसले आज तीन स्थानमा चुनावी सभा गर्दै छ । कांग्रेसले बुटवल, पोखरा र बागलुङमा चुनावी सभा गर्न लागेको हो ।

The current image has no alternative text. The file name is: gagan-6.jpg

काँग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार बिहान ११ बजे बुटवलमा सभा हुनेछ भने बागलुङ दिउसो १ बजे र पोखरामा दिउसो ३ बजे चुनावी सभा हुने कार्यक्रम रहेको छ । यी सभामा पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा लगायतका नेताहरू सहभागी हुने भएका छन् । 

चुनाव नजिकिँदै गर्दा काँग्रेसले चुनावी सभालाई तीव्रता दिएको छ ।  यस अघि बिहीबार काँग्रेसले सुर्खेत र बाँकेमा चुनावी सभा गरेको थियो ।   

प्रतिक्रिया दिनुहोस्