Logo
Logo

प्रधानमन्त्री कार्की र नवनियुक्त चिनियाँ राजदूत चाङबीच भेटवार्ता


252
Shares

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच भेटवार्ता भएको छ।

शुक्रबार चिनियाँ राजदूत चाङले प्रधानमन्त्री कार्कीसँग सिंहदरबारमा भेटवार्ता गरेका हुन्। उनी केही दिनअघि मात्रै राजदूत नियुक्त भएर नेपाल आएका थिए।

प्रधानमन्त्री कार्की र चिनियाँ राजदूत चाङबीचको भेटवार्तामा दुई देशको आपसी सम्बन्धका विषयमा छलफल भएको जनाइएको छ।

भेटका क्रममा प्रधानमन्त्री कार्कीले कार्यकालको सफलताको शुभकामना दिएकी छन्। उनले राजदूत चाङको कार्यकालमा नेपाल–चीन मित्रवत् सम्बन्ध, सहकार्य र साझेदारी नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्