काठमाडौं । पर्सामा ९ वटा सुतली बम र सुँगुरको टाउको सहित ३ जना पक्राउ परेका छन् । चुनावको बेला हिंसा भड्काउने उद्देश्यले सुँगुरको टाउको र सुतली बम बोकेर हिँडेकाहरूलाई प्रहरीले गएराति पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरू सुँगुरको टाउको मस्जिदमा लगेर फ्याँक्ने तयारीका साथ हिँडेका थिए । उनीहरूको धार्मिक सदभाव भड्काउने उद्देश्य देखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूको साथबाट नौ थाल सुतली बम, केही तार लगायतका सामग्री पनि बरामद भएको छ ।











