Logo
Logo

मधेसको २५ क्षेत्रमा मतगणना भइरहँदा रास्वपाको एकलौटी अग्रता


1.1k
Shares

काठमाडौं । मधेस प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकलौटी अग्रता हासिल गरेको छ । ८ जिल्ला रहेको मधेसमा ३२ वटा निर्वाचन क्षेत्र रहेको छ । हाल २५ वटा निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ । सात क्षेत्रमा भने मतगणना हुन सकेको छैन ।

सप्तरीको २ र ३, सिराहको ३, धनुषाको १ र २, रौतहतको २ र ३ मा भने मत गणना हुन सकेको छैन । मतगणना भइरहेको मधेसको सबै निर्वाचन क्षेत्रमा रास्वपाले अग्रता लिइरहेको छ ।

यो समाचार तयार गर्दा मधेसमा रास्वपाका उम्मेदवारले अधिकतम ११ हजार ८१३ मतदेखि न्यूनत २८० मतले अग्रता लिइरहेका छन्।

धनुषा ३ मा रास्वपाका मनीष झाले २० हजार ९१४ मत पाउँदा उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका विमलेन्द्र निधिले ६ हजार ८५१ मत पाएका छन्।

पर्सा ३ मा रास्वपाका रामाकान्त प्रसाद चौरसीयाले १ हजार ५८ मत पाउँदा निकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीले ७७८ मत पाएका छन्।

प्रतिक्रिया दिनुहोस्