Logo
Logo

काठमाडौं ६ मा रास्वपाका शिशिर खनाल विजयी


441
Shares

काठमाडौं । प्रतिनिधि सभा सदस्यमा काठमाडौं क्षेत्र नम्बर ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । भर्खरै सकिएको मतगणनामा खनाल २७ हजार ७११ मतसहित निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार अमनकुमार मास्केले ४ हजार ३७३ मत पाउँदा राप्रपाका उद्धवराज भेटुवालले २९० मत पाएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका हेमलाल शर्मा (हिमाल शर्मा) २३१ मतमा सीमित भएका छन् । यद्यपी, उनी निर्वाचित भएको औपचारिक घोषणा हुन भने बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्