Logo
Logo

शिशिरले भने- सरकार बनाएको सय दिनभित्रै नतिजा दिनेगरी काम गर्छौं


378
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य शिशिर खनालले आफूहरूले सरकार बनेको एक सय दिनभित्रै नयाँ नतिजा दिनेगरी काम गर्ने बताएका छन् ।

निर्वाचित भएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेता खनालले मूलतः भ्रष्टाचारको विरोधमा काम गर्नुपर्ने बताएका हुन् ।

आफू घरदैलोमा जाने क्रममा पनि धेरैजसो जनताले सोही कुरा भनेको उनले प्रतिक्रिया दिए । साथै, उनले अहिले आएको निर्वाचनको परिणामलाई आम नेपाली जनताको परिवर्तन र पुस्तान्तरणको पक्षमा रहेको बताए ।

उनले जनताले देखाएको अभुतपूर्व जनलहरलाई न्याय हुनेगरी आफूहरूले काम गर्ने बताए । ‘अहिले परिवर्तनको पक्षमा अभूतपूर्व जनलहर देखिएको छ । त्यसलाई न्याय हुनेगरी हामी काम गर्छौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्