
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अदालतले आदेश जारी गरेको छ ।
बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको इजलास उनलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
पछिल्लो पटक भक्तपुरस्थित निवासबाटै पक्राउ परेका उनी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन ।











