काठमाडौं । हिमालपारिको जिल्ला मुस्ताङमा कांग्रेसका उम्मेदवार योगेश शेरचन थकाली विजयी हुँदा मनाङमा कांग्रेसकै टेकबहादुर गुरुङ पनि भारी मतान्तरले विजयी बनेका छन्।

यद्यपि, मनाङको औपचारिक घोषणा हुन भने बाँकी छ। कुल खसेको २ हजार २८४ मध्ये सदर भएको २ हजार २४४ मतमध्ये टेकबहादुरले २ हजार २३५ मत पाएका छन्।
२३३ मत गणना हुन बाँकी हुँदा उनकी निकट्तम् प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीकी यशोदा सुवेदी गुरुङले ४०२ र मंगोल नेसनल अर्गनाइजेसनका रामबहादुर घलेले ९ मतमात्र प्राप्त गरेका छन्।
मनाङमा कार्यरत पत्रकार नविन अंकुरका अनुसार हालसम्म त्यहाँ २ हजार ६९० मतको गणना भएको छ।











