काठमाडौं । चितवन–२ मा रास्वपाले अग्रता कायमै राखेको छ । रास्वपाका रवि लामिछाने २३ हजार ४६३ मतसहित फराकिलो अग्रतामा छन् ।

दोस्रोमा नेपाली कांग्रेसकी मीनाकुमारी खरेलले ६ हजार ६५९ मत पाएकी छन् । तेस्रोमा रहेका नेकपा एमालेका जस्मिन घिमिरेले पाँच हजार ६८ मत प्राप्त गरेका छन् ।











