Logo
Logo

काठमाडौँ-१० रास्वपाका प्रदिप विष्ट निर्वाचित


189
Shares

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ-१० बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रदिप विष्ट निर्वाचिन भएका छन्।

निर्वाचन आयोगका अनुसार, रास्वपाका विष्ट ३७ हजार ४६९ मत पाएर निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका हिमाल कार्कीले ८ हजार १ सय मत पाएका छन्।

तेस्रो नम्बरमा रहेका नेकपा (एमाले)का विनोद श्रेष्ठले ४ हजार ८६४ मत पाएका छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की रुपा महर्जनले २ हजार ६४८ र राप्रपाका बलराम थापाले २ हजार २३९ मत पाएका छन्।

प्रतिक्रिया दिनुहोस्