Logo
Logo

क्यान्सरपीडित पूर्णमायालाई आर्थिक सहयोग (सहयोगीको सूचिसहित)


- दृष्टि न्युज/संवाददाता

567
Shares

काठमाडौं, २३ कार्तिक । आन्द्राको क्यान्सरबाट पीडित तेह्रथुम फेदाप–१ की पूर्णमाया निङ्लेकु चेलिफूङको उपचार्थ विभिन्न मनकारीहरुले आर्थिक सहयोग गरेका छन् ।
हाल धरानस्थित विपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचाररत पूर्णमायालाई ‘पूर्णमाया निङ्लेकु चेलिफूङ बचाउ अभियान’अन्र्तगत संकलित १ लाख २६ हजार रुपैयाँ विमारीलाई हस्तान्तरण गरिएको हो । उक्त विभिन्न व्यक्तिबाट संकलित सहयोग रकम सिंगक फाउण्डेशनकी अध्यक्ष मीना सिंगक, अभिनेत्री रेखा फोगोलगायतको उपस्थितिमा विमारीलाई हस्तान्तरण गरिएको थियो ।
फाउण्डेशनकी अध्यक्ष सिंगकका अनुसार यसअघि फेदाप–१ कै केन्द्र लिम्बूले पूर्णमायाका लागि ५५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका थिए । पूर्वराष्ट्रिय फुटवलसमेत रहेका केन्द्र युवा व्यवसाय हुन् ।

क्यान्सरपीडित पूर्णमायाका लागि आर्थिक सहयोग गर्ने मनकारीहरुको सूचि यस्तो छ ।
दिपलक सुब्बा, धरान (हाल कोरिया)
कविन पन्त (धनगढी)
सुमन लिम्बु, झापा (हाल जापान)
चेम्जोङ उपेन, धरान (हाल अस्ट्रेलिया)
सागर कन्दङ्वा, तेह्रथुम (हाल बेल्जियम)
कृष्ण कुरुम्बाङ, तेह्रथुम (हाल बहराइन)
देवेन्द्र बुढाथोकी, तेह्रथुम (हाल साउदी)
लखन कुरुम्बाङ, तेह्रथुम (हाल कोरिया)
गोकुल पयाँगो, तेह्रथुम (हाल कोरिया)
विजय बुढाथोकी, सुरुंगा झापा (हाल कतार)
प्रेम सुब्बा चेलिफूङ, चारली (हाल कतार)
टंक कुरुम्बाङ, तेह्रथुम (हाल मकाउ)
पद्मा सिंगक, तेह्रथुम (हाल काठमाडौ)
बिपुल कुरुम्बाङ, तेह्रथुम ।

प्रतिक्रिया दिनुहोस्