ओली ‘ब्याक’ नभए पार्टी फुट्छ– मोहनचन्द्र अधिकारी


Published On : 10 November, 2020

अहिले नेकपाभित्र चर्किएको विवादलाई कसरी हेर्नुभएको छ ?

यो बडो दुर्भाग्य हो । नेकपा एमाले र माओवादी केन्द्र मिलेपछि देशमा राजनीतिक स्थिरता हुन्छ । विदेशी लगानीको वातावरण बन्छ । बेरोजगार समस्या हल हुन्छ । श्रमिक, मजदुर र किसानले राहत पाउँछ । नेपाली युवाहरु खाडी मुलुकमा जानु पर्दैन । देशमा सुशासन कायम हुन्छ । वर्षौँदेखि देश लुटिरहेका कर्मचारीहरु, भ्रष्ट, बिचौलिया, कमिशनखोर व्यापारी जेल जान्छन् । भ्रष्टाचार जराबाटै उन्मूलन हुन्छ भन्ने विश्वासले चुनावमा यी दुई पार्टीलाई नेपाली जनताले दुईतिहाइ मत दिएका हुन् । हिजो चुनावमा जनतालाई दिएको आश्वासन पूरा गर्ने, ‘सुखी नेपाली, समृद्ध नेपाल’ नारा साकार पार्ने काममा पार्टीलाई एक ढिक्का बनाएर लग्नुपर्ने बेला प्रचण्ड–ओलीबीच विवाद हुनु र त्यो विवादले नेकपालाई फुटसम्मको स्थितिमा पु¥याउनु भनेको अभागीलाई खाने बेला रिस उठ्छ भनेझैँ हो । यो कुरा पार्टीका एक नम्बर अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद ओलीले भित्री मनदेखि मनन गर्नुपर्छ । र, प्रचण्डसँग पार्टी एकता गर्दा गरेको सहमति इमान्दारका साथ पालना गर्नुपर्छ । कम्युनिष्ट पार्टी भनेको इमान्दार नेता, कार्यकर्ताको संगठन हो । त्यसैले बुर्जुवा पार्टीका नेताहरु जस्तो व्यक्तिगत स्वार्थमा कम्युनिष्ट नेताहरु रमाउनु हुँदैन । फोहरी खेलबाट पार्टीलाई जोगाउनुपर्छ ।

‘सुखी नेपाली, समृद्ध नेपाल’ नारा साकार पार्ने काममा पार्टीलाई एक ढिक्का बनाएर लग्नुपर्ने बेला प्रचण्ड–ओलीबीच विवाद हुनु र त्यो विवादले नेकपालाई फुटसम्मको स्थितिमा पु¥याउनु भनेको अभागीलाई खाने बेला रिस उठ्छ भनेझैँ हो ।

गरिब श्रमिक मजदुर जनता भोकभोकै सडकमा भौतारिँदैछन् । तिनका परिवार जीवनमरणको दोसाँधमा बाँचेका छन् । सरकारले पिसीआरसम्म गर्ने व्यवस्था मिलाउन सकेको छैन । हजारभन्दा बढी नेपाली जनताले मृत्युवरण गरिसकेका छन् ।

खड्गप्रसाद ओली असफल प्रधानमन्त्री भइसके । अब उनले देश सम्हाल्न सक्दैनन् । उनको स्वास्थ्यले पनि दिँदैन । त्यसैले उनले राजीनामा गर्नु नै मैले बेस ठान्छु ।

तर, प्रधनमन्त्री ओलीले त सरकारलाई कामै गर्न दिएन, पार्टीका शीर्ष नेताहरुले गुटबन्दी गरेर घेरा हाल्न थाले भन्दैछन् नि ?

उनले के भन्छन्, त्यतातिर नजाऔँ । उनले त जे मन लाग्यो त्यही भनिरहेका छन् नि, जे मन लाग्यो त्यही गरिरहेका छन् नि । उनलाई न पार्टीको मतलब छ, न त विधि पद्धतिकै । मैले त ओलीमै समस्या देखेको छु । उनी सच्चिनासाथ यो सबै समस्या हल हुन्छ । पार्टी र सरकारले गति लिन्छ । त्यसैले ओली एक कदमपछि हट्नुपर्छ । गल्ती आफूले गर्ने, त्यसको आत्मलोचना गर्न आफू तयार नहुने, अनि काम गर्न दिएन भनेर अरुलाई दोष थोपर्न मिल्दैन । अहिले सिंगो विश्व कोरोना भाइरसको आक्रमणमा परेको छ । नेपालमै पनि कोरोनाले दुई खर्ब रुपैयाँ नोक्सानी भयो भनिन्छ । गरिब श्रमिक मजदुर जनता भोकभोकै सडकमा भौतारिँदैछन् । तिनका परिवार जीवनमरणको दोसाँधमा बाँचेका छन् । सरकारले पिसीआरसम्म गर्ने व्यवस्था मिलाउन सकेको छैन । हजारभन्दा बढी नेपाली जनताले मृत्युवरण गरिसकेका छन् । यस्तो भयावह अवस्थामा रोजगारी गुमाएका परिवारलाई राहत दिने, निःशुल्क स्वास्थ्य परीक्षण र उपचार गर्ने, भारतबाट फर्किएका नेपाली युवालाई ग्रामीण कृषिसँग जोड्ने, नेपाली कृषकले उत्पादन गरेका कृषिजन्य वस्तुलाई प्रोत्साहन गर्ने, कृषकलाई समयमै बल बीउ उपलब्ध गराएर खाद्यान्नमा देशलाई आत्मनिर्भर बनाउने, मध्यम वर्गीय परिवारको व्यवसाय प्रवद्र्धन गर्न बैंक ब्याजमा छुट दिने आदि अहिले सरकारले गर्ने दायित्व र जिम्मेवारी हो । यो सबै कुरा पनि नगर्ने, अनि जनताको दबाब र विरोध बढेपछि कामै गर्न दिएन भन्ने ? यो भन्दा गैरजिम्मेवार र नालायक कुरा अरु के हुनसक्छ ?

जनतालाई सरकार भएको अनुभूति हुने बेला पनि यही हो । तर, सरकार आफू पनि केही नगर्ने, अरुले टुँडिखेलमा निःशुल्क भोजन बाँड्दा पनि लाज लाग्यो भनेर निःशुल्क भोजन रोक्ने काममा लाग्नु भएन ।

ओलीले आफूखुशी मन्त्रिमण्डल बनाउँदा होस्, अथवा राजदूत र अन्य नियुक्ति एकलौटी ढंगले गर्दा पनि सहेका छन् । यो सबै गतिविधि हेर्दा प्रचण्डले धैर्यता गरेकै देखिन्छ ।

उनलाई चिन्ता पार्टी देश र जनताको होइन, नवसामन्त र दलाल पूँजीपतिको छ । त्यसैले उनले राजीनामा दिए, मुलुक बर्बाद हुन्छ भनिरहेका छन् ।

सरकारले त कोरोनाको उपचारमा १० अर्ब खर्च भइसक्यो, काम गर्दैछु भन्दैछ त ?

त्यो दश अर्ब खर्चको हिसाब दिनुप¥यो नि, चीनबाट ओम्नीमार्फत स्वास्थ्य सामग्री खरिद गर्दा करोडौं भ्रष्टाचार भयो भनिन्छ । त्यस्तै जिल्ला जिल्लामा पिसीआर मेसिन खरिद गर्दा पनि लाखौं भ्रष्टाचार भयो भनिन्छ । दिनरात स्वास्थ्य उपचारमा खटिने चिकित्सकले सेवा सुविधा पाएनन् भनेर हड्ताल गरेको देखिन्छ । चौबिसै घण्टा सडकमा शान्ति सुरक्षा गर्न बसेका प्रहरीले पनि सुविधा पाएनन् भन्ने सुनिन्छ । मैले गलत सुने भने बेग्लै कुरा, सही सुनेको हुँ भने खड्गप्रसाद ओली असफल प्रधानमन्त्री भइसके । अब उनले देश सम्हाल्न सक्दैनन् । उनको स्वास्थ्यले पनि दिँदैन । त्यसैले उनले राजीनामा गर्नु नै मैले बेस ठान्छु । अस्ति भर्खरै मात्र पनि मैले सुने– ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिए, देश बर्बाद हुन्छ रे ? यो त व्यक्तिवादी, तानाशाही कुरा भयो । यत्रो कोरोना कहरबाट जनताका लागि उनले त्यस्तो के काम गरे, जसले देश बर्बाद हुन्छ ? यो बकवास हो । देश, जनता र पार्टीको ध्यान मूल समस्याबाट अन्यत्र मोड्ने कुरा हो । उनले के भनेका छन् भन्ने कुरा मुर्खले पनि बुझ्छन् ।

अब के गर्नुपर्ला त ?

पार्टीको आन्तरिक विवाद एकता महाधिवेशनसम्मका लागि थाँती राख्नुप¥यो । नीति, सिद्धान्त, विचार आदिको बहस महाधिवेशनका हलभित्र गर्नुप¥यो । चैत अन्तिममा महाविधेशन गर्ने भनिएको छ, त्यसमा सबै जुट्नुप¥यो । पार्टीको विवाद टुंग्याउने भनेकै महाधिवेशनले हो, त्यसैले ओली, प्रचण्ड, माधव सबै महाधिवेशन केन्द्रित भएर लाग्नुप¥यो । र, सरकार कोरोनाले निम्त्याएको समस्या समाधान गर्नेतिर केन्द्रित हुनुप¥यो । जनताको आलोचना र विरोधबाट डराएर भाग्नु भएन । जनतालाई सरकार भएको अनुभूति हुने बेला पनि यही हो । तर, सरकार आफू पनि केही नगर्ने, अरुले टुँडिखेलमा निःशुल्क भोजन बाँड्दा पनि लाज लाग्यो भनेर निःशुल्क भोजन रोक्ने काममा लाग्नु भएन । टुँडिखेलमा बाध्यता नभई कोही पनि निःशुल्क भोजन गर्न जाँदैनन् । आफूले पनि गरिब, श्रमिक, मजदुरको लागि राहत नल्याउने, अरुले गरेका कामलाई पनि अवरोध खडा गर्ने अमानवीय चरित्र हो । यस्तो चरित्र रोक्नुपर्छ ।

अहिले नेकपाभित्र चर्किएको विवाद हेर्दा तपाईँलाई ओली र प्रचण्डमध्ये को बढी जिम्मेवार छ जस्तो लाग्छ ?

हेर्नुस्, तौलियो भने यी दुईवटै बराबर छन् । तर, प्रचण्डले यतिबेला धेरै नै त्याग गरेका छन् । पार्टी एकता गर्दा उनले ओलीसँग गरेको आधा आधा कार्यकाल प्र्रधानमन्त्री चलाउने सहमति सच्याएका छन् । स्थिर सरकारका लागि पाँचै वर्ष ओलीलाई प्रधानमन्त्री चलाउन दिने कुरा गरेका छन् । ओलीले आफूखुशी मन्त्रिमण्डल बनाउँदा होस्, अथवा राजदूत र अन्य नियुक्ति एकलौटी ढंगले गर्दा पनि सहेका छन् । यो सबै गतिविधि हेर्दा प्रचण्डले धैर्यता गरेकै देखिन्छ । उनले एकता महाधिवेशन समयमै गरौँ भनेका छन् । यो पनि उनको अत्यन्तै जिम्मेवार कुरा हो । हरेक समस्या सचिवालय बैठकबाट हल गरौँ भनेका छन्, त्यसमा पनि आपत्ति जनाउनुपर्ने कुरा छैन । तर, ओली किन पार्टी विधान, पद्धतिसम्मत ढंगले हिँड्न चाहँदैनन् भन्ने कुरा नै समस्याको जड हो । यस्तो कुराल पार्टी एकता टुंगोमा पुग्न सक्दैन । कम्युनिष्ट पार्टी भनेको सामूहिक नेतृत्वको आधारमा चल्ने पार्टी हो । विगतमा मदन भण्डारीसँग मेरो वैचारिक विमति थियो । पाँचौँ महाधिवेशनसम्म आइपुग्दा मैले नौलो जनवादको पक्षमा दस्तावेज नै प्रस्तुत गरेँ । जबज पास भएपछि फेरि मदनसँगै मिलेर गए । त्यसमा मैले कुनै विवाद मदनसँग गरिनँ नि ।

महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि सिंगो प्रतिनिधिहरुले बहस छलफल गरे । कतिपय सवालमा मदन भण्डारीले मसँग पनि सल्लाह सुझाव लिन्थे । तर, अहिले त कसैले सल्लाह, सुझाव त के सञ्चो, बिसञ्चो के छ भनेर समेत सोध्दैनन् । तर म एकता महाधिवेशनको पक्षधर भएकोले समयमै एकता महाधिवेशन होस् भन्ने चाहन्छु । मलाई लागेका कुरा महाधिवेशनमै प्रस्तुत गर्छु । अहिले पनि नेपाली क्रान्ति पूरा गर्ने हो भने नेकपा नौलो जनवादकै बाटोमा हिँड्नुपर्छ । मदनले ल्याएको जबजले देशलाई समाजवादको बाटोमा पु¥याउन सक्दैन । त्यो त्यतिबेलाको टालटुले विचार हो । त्यही टालटुले विचार बोकेर ओली यहाँसम्म आएका हुन् । मदनले त्यो विचार कुन परिस्थितिमा ल्याएका थिए र अहिलेको राजनीतिक परिस्थिति कस्तो छ भन्ने कुराको थप व्याख्या ओलीले गरेका छैनन् । माओवादीसँग मिलेर दुईतिहाइ ल्याए । त्यही जबज हो भन्ने भ्रममा उनी छन् । जबजको परिस्कृत रुप कस्तो हुन्छ भन्ने कुरा उनले अहिले लागू गरेर देखाउन सक्थे । तर, उनले पनि जबजलाई ‘मागी खाने भाँडो’ बनाएका छन् । यदि जबजको बाटोबाट सर्वहारा वर्गको उद्धार हुन्थ्यो भने कोरोना कहरमा जनता भोकभोकै मर्ने थिएनन् । लाखौं विस्थापित युवा बेरोजगार हुने थिएनन् । मुलुकमा सुशासन कायम भइसक्थ्यो । आर्थिक क्रान्तिको बाटोमा देश अगाडि बढिसक्थ्यो । तर, अहिले जबजलाई नवसामन्त र दलाल पूँजीवादको संरक्षण गर्ने अस्त्र बनाएका छन् । ‘आफूले पनि भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि भ्रष्टाचार गर्न दिन्न’भनेर सत्ताका आडमा तिनै वर्गको पक्षपोषण गरेका छन् । उनलाई चिन्ता पार्टी देश र जनताको होइन, नवसामन्त र दलाल पूँजीपतिको छ । त्यसैले उनले राजीनामा दिए, मुलुक बर्बाद हुन्छ भनिरहेका छन् । श्रमिक, मजदुर, किसान र निम्न आय भएका जनताको चिन्ता उनलाई भएको भए खुलामञ्चमा निःशुल्क भोजन नबाँड भनेर किन भन्थे ? उनको पार्टीको नाम कम्युनिष्ट भए पनि उनीमा बुर्जुवा चरित्र हुर्कँदै गएको संकेत हो, उनको त्यो अभिव्यक्ति ।

माधव नेपाल पनि जबजकै पक्षधर हुन् । झण्डै नवौँ महाधिवेशनमा नेपालले ओलीलाई हराएका थिए । पूर्वएमालेमा ओलीको भन्दा नेपालको पकड बलियो देख्छु । तुलनात्मक हिसाबमा माधव समन्वयकारी पनि छन् । मदन भण्डारीको हत्यापछि सिंगो पार्टी जोगाउने पनि उनै हुन् ।

मैले त पाँचौँ महाधिवेशनमा मदन भण्डारीलाई तपाईँको जबज कम्युनिष्टको खोल ओढेको दस्तावेज हो, यसले समाजवादी क्रान्ति सफल हुँदैन । न त नेपाली जनताको जीवनस्तरै उठ्छ भनेको थिएँ । अहिले व्यवहारमा त्यो देखियो । ‘जबज’ भनेको वर्ग समन्वयको सिद्धान्त हो । नौलो जनवाद भनेको वर्ग संघर्षको सिद्धान्त हो ।

तपाईँले पनि सुन्नुभयो होला, गत बिहीबार एक नम्बर प्रदेशका नेता, कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जबज पक्षधरलाई एकजुट हुन आग्रह गरे नि ?

त्यसको केही अर्थ छैन । त्यो बहस त महाधिवेशनमा हुने हो । त्यो त गुट बनाउने कुरा हो । गुटले पार्टी चलाउँदा यस्तै समस्या हुन्छ भन्ने कुरा ओलीले कहिले बुझ्ने ? त्यसमाथि माधव नेपाल पनि जबजकै पक्षधर हुन् । झण्डै नवौँ महाधिवेशनमा नेपालले ओलीलाई हराएका थिए । पूर्वएमालेमा ओलीको भन्दा नेपालको पकड बलियो देख्छु । तुलनात्मक हिसाबमा माधव समन्वयकारी पनि छन् । मदन भण्डारीको हत्यापछि सिंगो पार्टी जोगाउने पनि उनै हुन् । त्यतिबेला पनि माधवलाई काम गर्न नदिने ओलीकै गुट हो । त्यसैले माधव नेपाललाई पाखा लगाएर ओलीले जबजलाई पार लगाउन सक्दैनन् । माधव नेपालसँग भिड्न नसकेरै ओलीले अध्यादेश ल्याएर पार्टी फोड्नेसम्मको प्रयास नगरेका होइनन् । उनले बुझ्नुपर्छ, उनी अहिले उभिएको गणतन्त्रको जग भनेको माओवादी जनयुद्धले स्थापित गरेको जग हो । माओवादीले १० वर्षे जनयुद्ध नगरेको भए यति चाँडै देशमा गणतन्त्र सम्भव थिएन । त्यसैले जबज मान्नेहरु एक होऔं भनिरहँदा माओवादीको त्याग र बलिदानलाई बिर्सन हुँदैन । अर्को कुरा, राजनीतिमा नैतिकताको ठूलो स्थान छ । हिजो पार्टी एकता गर्दा जबज र २१ औँ शताब्दीको जनवादलाई महाधिवेशनले टुंगो लगाउने भनेर सहमति गर्ने, अनि अहिले आएर जबजवादी एकजुट होऔँ भन्ने ? यसले ओली गुटको अवसान निम्तँदैछ भन्ने बुझाउँछ । त्यो अवासन टार्न उनको गुट नेकपाबाट अलग्गिन खोज्दैछ । त्यो भयो भने नेपाल कम्युनिष्ट आन्दोलन धेरै पछाडि पर्छ । जनताले नपत्याएपछि के को जबज ? सबज ? क्रान्तिद्वारा लेनिनले स्थापित गरेको सोभियत संघ त ढल्यो भने नेपालमा त बहुदलीय प्रतिस्पर्धाको अभ्यासमा छ कम्युनिष्ट पार्टी । बुर्जुवा प्रजातन्त्र भनेको आज कम्युनिष्टको हातमा सत्ता हुन्छ, भोलि पुरानै सामन्तवादको । त्यसैले म त अहिले पनि नौलो जनवादकै पक्षमा छु ।

नौलो जनवादको विषयमा महाधिवेशनमा बहस होला । तर अहिले नेकपाभित्र देखिएका विवाद हल गर्न के गर्नुपर्ला ?

यसको सोझो उत्तर ओली र प्रचण्ड मिल्नुपर्छ । पार्टी एकता गर्दा के–के सहमति गरेका थिए, अहिले कहाँ कहाँ समस्या आयो त्यसको विश्लेषण गर्नुपर्छ । ओलीको कमजोरी छ भने ओलीले, प्रचण्डको कमजोरी छ भने प्रचण्डले सच्याउनुपर्छ । अहिले ओलीले जुन हठ, दम्भ देखाएका छन्, त्यो छाड्नुपर्छ । ओली एक कदम अगाडि बढ्दा पार्टी फुट्छ भने पार्टी जोगाउन एक कदम पछाडि हटुनुपर्छ । पार्टी फोड्न त देशी विदेशी प्रतिक्रियावादीहरु लागेकै छन् । त्यसबाट एकतालाई जोगाउनु प¥यो ।

पार्टी फुटाउन कुन देशी विदेशी शक्ति लागेको थाहा पाउनु भयो ?

सुन्नु भएन, प्रधानमन्त्री निवास बालुवाटारमा मध्यरात भारतका खुफिया एजेन्सीका मानिससँग ओलीले दुई घण्टा ‘गोप्य’ वार्ता गरे । भित्री कुरा के थियो, जनतालाई भनिएको छैन । गोप्य भेटबारे बोल्नु पर्ला भनेर सचिवालय बैठकसमेत बोलाएका छैनन् । यसरी त पार्टी चल्दैन । पार्टी चलाउन त विधि र पद्धति चाहिन्छ । विधि र पद्धति नै मान्दिनँ भन्ने हो भने के को कम्युनिष्ट ? भन्ने बेलामा बहुदलीय प्रतिस्पर्धा, जबज भन्ने, गर्ने बेलामा कम्युनिष्ट आचरणविपरीत काम गर्ने ? ओली कहाँबाट पार्टी अध्यक्ष बने ? कुन पार्टीले उनलाई प्रधानमन्त्री बनाए ? के त्यो विधि र प्रक्रिया होइन ? अनि पार्टी अध्यक्ष र प्रधानमन्त्री भइसकेपछि विधि, प्रक्रिया मान्दिनँ भन्न पाउँछ ? पाउँदैन । म त भन्छु अहिलेको विवाद कुनै सैद्धान्तिक होइन, ओलीको हठले निम्त्याएको विवाद हो, हठ त्याग्नुस्, सामूहिक नेतृत्वको अवधारणामा पार्टीलाई अगाडि बढाउनुस् । एमसिसीजस्तो कुराको पछाडि नलाग्नुस्, देश र जनताको हितमा काम गर्नुस् । त्यसो गर्दा कतैबाट समस्या आए त्यसको जिम्मा सिंगो पार्टीले लिन्छ ।

तपाईँले पटक–पटक नौलो जनवादको कुरा गर्नुभयो, नौलो जनवाद र जबजमा फरक के छ ?

आकाश जमिनको फरक छ । मैले त पाँचौँ महाधिवेशनमा मदन भण्डारीलाई तपाईँको जबज कम्युनिष्टको खोल ओढेको दस्तावेज हो, यसले समाजवादी क्रान्ति सफल हुँदैन । न त नेपाली जनताको जीवनस्तरै उठ्छ भनेको थिएँ । अहिले व्यवहारमा त्यो देखियो । ‘जबज’ भनेको वर्ग समन्वयको सिद्धान्त हो । नौलो जनवाद भनेको वर्ग संघर्षको सिद्धान्त हो । यस विषयमा कुनै दिन छलफल गरौंला । किनभने, ‘जबज’ को जप गरेर एमाले पटकपटक सत्तामा पुग्यो, त्यसले देश र जनतालाई के दियो ? आधारभूत रुपमा जबजले सामाजिक, आर्थिक, रुपान्तरण के ग¥यो ?

प्रतिक्रिया दिनुहोस्