Logo
Logo

काठमाडौं हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षा


0
Shares

काठमाडौं । अहिले काठमाडौं उपत्यकामा हावाहुरी, मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ । साथै अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा पनि पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका केही ठाउँहरूमा तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली भू–भागका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपात भएको महाशाखाले जनाएको छ ।

आजराति कोशी, गण्डकी, कर्णाली र सुदूपश्चिम प्रदेशका हिमाली क्षेत्रका केही ठाउँमा र बाँकि हिमाली क्षेत्रमा पनि हल्का वर्षाको सम्भावना रहेको छ । पछिल्लो तीनरचार दिन दशैभर पानी पार्ने प्रणाली विस्तार भएको छ । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्