Logo
Logo

समानुपातिक सांसदलाई बुधबार प्रमाणपत्र बाँडिँदै


441
Shares

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदहरूलाई बुधवार प्रमाणपत्र वितरण गर्ने भएको छ । निर्वाचन आयोगले बिहान करिब ११:३० बजे आयोग परिसरमा आयोजित एक कार्यक्रमबीच निर्वाचित उम्मेदवारहरूलाई प्रमाणपत्र दिइनेछ ।

The current image has no alternative text. The file name is: election.gif

प्रमाणपत्र लिन आउँदा उम्मेदवारले सक्कल नागरिकता वा राष्ट्रिय परिचयपत्र र दुई प्रति पासपोर्ट साइजको फोटोसहितको विवरण बुधवार नै उपलब्ध गराउन आयोगले आग्रह गरेको छ ।

आयोगले राजनीतिक दलहरूबाट छनोट भई आएका उम्मेदवारको नामावली सार्वजनिक गर्दै उनीहरू निर्वाचित भएको घोषणा गरिसकेको छ ।

समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेकपाले ९, श्रम संस्कृति पार्टीले ४ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ सिट प्राप्त गरेका छन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षबाट १६५ र समानुपातिकबाट ११० जना निर्वाचित हुने संवैधानिक व्यवस्था छ  । समानुपातिकतर्फका सांसदलाई प्रमाणपत्र वितरण गरेसँगै यसपटकको निर्वाचन प्रक्रियाले पूर्णता पाउने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्