काठमाडौं । रास्वपा सांसद सुदन गुरुङले आफूले सांसद भएवापत पाउने तलब नखाने बताएका छन् ।

रास्वपाले आजदेखि सुरु गरेको सांसदहरूका लागि प्रशिक्षण कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गुरुङले यस्तो दाबी गरेका हुन् । साथै उनले आफूले सरकारी गाडी पनि नचढ्ने बताएका हुन् ।
उनले भने, ‘म तलब खाँदिनँ, सरकारी गाडी पनि चढ्दिनँ । मेरो आफ्नै गाडी छ । म आफैँ सक्षम छु ।’ उनले संसद्मा आफूले प्रभावकारी भूमिका निर्वाह गर्ने पनि जिकिर गरे ।











