Logo
Logo

इरानको चेतावनी- लारिजानी हत्याको बदला लिएरै छोड्छौँ


945
Shares

काठमाडौं । इरानका सेना प्रमुख अमिर हतामीले सुरक्षा प्रमुख अली लारिजानी इजरायली हवाई आक्रमणमा मारिएपछि निर्णायक प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

उनले एक वक्तव्य जारी गर्दै उचित समय र स्थानमा अमेरिका र जियोनिस्ट शासनविरुद्ध कडा र निरुत्साहित गर्ने बताएका छन् । साथै, लारिजानीसहित अन्य शहीदहरूको बदला लिइने पनि उल्लेख गरेका छन् ।

यसैबीच, इस्लामिक रिभोलुस्नरी गार्ड कप्र्सले लारिजानीको हत्याको बदलास्वरूप मध्य इजरायलतर्फ मिसाइल आक्रमण सुरु गरिसकेको जनाएको छ ।

सुरक्षा प्रमुख लारिजानी मंगलबार मारिएका थिए । उनी वर्षौंदेखि इरानी शक्ति संरचनामा एक महत्त्वपूर्ण राजनीतिक व्यक्तित्व रहँदै आएका थिए । इरानी संसदका सभामुख समेत भइसकेका उनले कुनै समय पश्चिमसँग इरानको आणविक वार्ताको नेतृत्वसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्