Logo
Logo

कविताः देशको खोजी


भुपेन्द्र थापा ‘माधव’

126
Shares

आज म मेरो देश खोजी रहेछु।
कहाँ छ मेरो देश? कता छ मेरो देश?
न भोकमा भेट्छु नत शोकमा नै देख्छु।

भेटिन्छ राष्ट्रिय गीतमा, नत नाम र नागरिकतामा
भेटिएन झन्डा, भूगोल, कविता र तस्बिरमा
उकालीमा खुट्टा गल्दा,थकाइ मार्ने चौतारी पाइन।
अँध्यारोमा अल्मलिँदा चन्द्र, सूर्य झन्डा छैन।
आँखाहरू रसाई दिँदा थोपा झार्ने ठाउँ पाइन।
दुख,कष्ट,अप्ठ्यारोमा टारी दिने कोही छैन।
हिँड्दै जाँदा लड्दाखेरी उठाइदिने कोही छैन।

महाकालीको तीरमा पनि प्यास मैले भोग्नु पर्ने?
गौतमवुद्ध शान्तिका अग्रदूत भन्न मैले छोड्नु पर्ने?
भृकुटी,सीता र अरनिको कला, कशौलता मैले
भुल्नु पर्ने?
सगरमाथा मेरो शिर के तिम्रो सामु झुक्नु पर्ने?
पराईको ज्यादतीलाई कतिन्जेल सहनु मैले?

स्वतन्त्र र स्वाधीनता कता बस्छन् थाहा छैन।
आफ्नै घरमा दासी भए उद्धार गर्ने कोही पाइन।
यता खोज्छु, उता खोज्छु कतै पाउँदिन।
भोक, रोग,अभावमा कतै भेटिँदैन।
देश शासकहरूको खल्तीमा हुन्छ कि?
निर्धाहरूको सपनामा

देश सहिदहरू मुहारमा हुन्छ कि?
भ्रष्ट, दलालहरूको महत्वाकांक्षीमा
शासकको आँधिवेरीले भत्काइदिएको गुँड
रूप, रंग, सुगन्धमा कस्तो हुन्छ देश ?
अहंकार,घमन्ड र सत्ता लुच्छाचुढीले फस्यो मेरो देश।
बैरीको इसारामा जल्यो मेरो देश।

प्रतिक्रिया दिनुहोस्