
काठमाडौं । पेशागत महासंघ नेपालले संसद छलेर अध्यादेशमार्फत दूरगामी महत्वका कानुन ल्याउन खोजेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। २०८३ वैशाख १८ र १९ गते सम्पन्न महासंघको राष्ट्रिय समितिको सातौँ बैठकले २१ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै आन्दोलनको चेतावनी दिएको हो।
अध्यक्ष प्रेमलकुमार खनालको अध्यक्षतामा बसेको उक्त बैठकले वर्तमान राजनीतिक, आर्थिक र पेशागत हकहितका विषयमा महत्वपूर्ण २१ निर्णयहरू गरेको छ।














