Logo
Logo

आलेका दुःख कांग्रेसको खल्तीमा


3.3k
Shares

पर्यटनमन्त्री हुँदा विवादमा आएका प्रेम आले अहिले पनि चर्चामा छन् । निर्वाचनअघि एमालेमा जान केपी ओलीलाई भेटेर कुरा मिलाए पनि योगेश भट्टराईलाई हटाउनु पर्ने शर्तमा कुरा नमिल्दा नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका थिए ।

कैलालीका एमाले जिल्ला अध्यक्ष यज्ञराज ढुंगानासँग नजिकको सम्बन्ध भएपनि उनीसँग नै चुनावी प्रतिस्पर्धा गरेका थिए । साथै, उनले कांग्रेस, एमाले सबैको मत किनेर चुनाव जित्छु भन्दै हिडेका बेला पैसा मात्र लिएको तर मत नदिएको भन्दै अहिले गनगन गरिरहेका छन् ।

उनले कांग्रेसको मत किन्ने भनेर धेरैवटा ब्लकमा पैसा बाँडेका थिए । तर कांग्रेसका नेताहरु पैसा खाइदिएको मत नदिएको पाइएको छ । ‘अब पैसा उठाउन स्टल नै राखेर बस्छु’, उनले कैलाली वरपर भन्ने गरेका छन् ।

कांग्रेसको समेत मत आउने सुनिश्चित भएकाले चुनाव लड्न गएको र त्यहीअनुसार खर्च गरेको बताउदै आएका आलेले पैसा लिने कांग्रेस नेता र कार्यकर्ताहरूको नाम सार्वजनिक गर्ने बताएका छन् । उनले चुनावमा करोडौँ खर्च गरेको बताउदै आएका छन् ।

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार नरनारायण शाह मनुले आफ्नै दलका नेताबाट चुनावमा पैसाको चलखेल भएको बताउदै आएका छन् । मनुले कांग्रेसकै ५७ जनाले अन्य उम्मेदवारसँग पैसा बुझेको सूची आफूलाई प्राप्त भएको बताउदै गर्दा आलेबाट पैसा लिएको सूची नै रहेको बताइएको छ ।

२१ फागुनको निर्वाचनमा कैलाली– ५ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार प्रेमबहादुर आले तेस्रो भएका थिए । कैलाली– ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार आनन्दबहादुर चन्द विजयी हुँदा शाह फराकिलो अन्तरले दोस्रो भएका थिए । चन्दले ३१ हजार ९५३ मत पाउँदा शाहले ११ हजार ९५८ मत पाएका थिए । आलेले ७ हजार ८७६ मत पाएका थिए ।

पटकपटक विवादित बन्ने गरेका आले यसपटक चुनावी खर्चका कारण विवादमा आएका छन् । पर्यटनमन्त्री हुँदा नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई अश्लिल शव्द प्रयोग गर्दै धम्काएका कारण विवादमा आएका थिए ।

त्यसैगरी कर्मचारीहरुलाई पनि अश्लिल शब्दले गाली गर्नमा उनी माहिर थिए । पोखरा विमानस्थलको भ्रष्टचार छानवीन समिति अन्र्तत संसदीय उपसमितिमा रहेका आलेले त्यसबेला आफू चोखो अरु सबै भ्रष्ट हुन भन्ने आशयका अभिव्यक्तिहरु दिइरहेका थिए । विगतमा डोटीबाट चुनाव लड्दै आले यसपटक कैलाली ५ मा झरेर नराम्रोसँग पछारिएका छन् ।

प्रतिक्रिया दिनुहोस्